• २०८३ जेष्ठ १५ गते शुक्रवार

आज एकैदिन ३९०० ले घटयो सुनको मुल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । सुनको मूल्यमा आज एकै दिन ३९ सय रूपैयाँले भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ३९०० रुपैयाँले घटेको हो ।

मुल्य घटेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँमा झरेको छ । बिहिवार तोलामा १ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेको छ । बिहीबार १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार भने १ हजार ८७० कायम भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस