• २०८३ जेष्ठ ३ गते आइतवार

मालपोत कार्यालय धुलिखेलका खरिदार दुई लाख घुससहित नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १८, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारीलाई २ लाख घुससहित नियन्त्रणमा लिएको छ ।

अख्तियारले काभ्रेको दोलालघाट-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गाहरु धनीको नाममा छुट दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राही २ लाख घुस र मोबाइलसहित मालपोत कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकको कार्यालय परिसरबाट बुधबार बिहान नियन्त्रणमा लिएको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस