असार ९, मुगु। मुगुको छायाँनाथ रारा नगरपालिकाका सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको छ । नगरपालिकाका हिमोदय मावि बाम , मालिका आधारभुत विद्यालय सेतिवाडा र सरस्वति आवि बालैका तीन वटा सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो ।

मंगलवार एक कार्यक्रमका बिच छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भाम , नगर उपप्रमुख ऐश्वर्या मल्ल र प्रमुख प्रशासकिय अधिकृत लगायतको सयुक्त टोलीले एक कार्यक्रमका बिच सेतिवाडा र बालैको भवन हस्तान्तरण तथा उद्धघाटन गरिएको छायानाथ रारा नगरपालिकाले जनाएको छ । पछिल्लो समय बढ्दो भूकम्पीय जोखिम तथा बालमैत्री कक्षा कोठाको अभावले विद्यार्थीको आर्कषण घट्दै गएको अबस्थालाई मध्यनजर गर्दै भुकम्प प्रतिरोधी भवन निर्माण गरिएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए । उनका अनुसार छायानाथ रारा नगरपालिकाको मालिका आवि सेतिवाडा र सरस्वति आवि बालैका दुई तले ४ कोठे भवन निर्माण गरिएको मेयर भामको भनाई छ ।
छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोग झण्डै २ करोड ३४ लाखमा तिन वटा विद्यालयको पक्की भवन निर्माण गरिएको बताईएको छ । दुर्गमका सामुदायिक विद्यालय प्रतिको विद्यार्थीको आर्कषण बढाउन यस्ता भवन निर्माण भएका हुन । बालबालिकाले सुरक्षित र व्यवस्थित वातावरणमा शिक्षा प्राप्त गर्नुपर्छ भन्ने मुख्य उद्देश्य साथ पक्की विद्यालय भवन निमार्णमा जोड्दिै आएको नगर प्रमुख भामको भनाई छ ।
उपप्रमुख ऐश्वर्या मल्लका अनुसार ग्रामीण तथा दुर्गम बस्तीका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध रहेको बताइन् । उनले नयाँ भवनले विद्यार्थीहरूको नियमित उपस्थितिमा वृद्धि हुनुका साथै सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत बिष्णु पौड्यालले स्थानीय सरकारको लगानीबाट निर्माण भएका यस्ता संरचनाले समुदायमा शिक्षाप्रति सकारात्मक सन्देश प्रवाह गर्ने बताए । उनले विद्यालयहरूको समग्र शैक्षिक सुधारका लागि नगरपालिकाले आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिका भित्रका तिन बिद्यालय मालिका आधारभूत बिद्यालय सेतिवाडा,सरस्वती आधारभुत बिद्यालय बालै र हिमोदय माध्यामिक बिद्यालय बामको बिद्यालय निर्माणका लागि भवन निर्माण कार्यको जिम्मा पाएको के.टि.एस.जे.भि एन.विए कन्स्ट्रक्सनले तोकिएको मापदण्ड अनुसार बिद्यालय भवन निमार्ण सम्पन्न गरेको निर्माण कम्पनिका प्रोपाईटर नेताप्रसाद चौलागाईले बताए ।
यता हिमोदय माध्यामिक बिद्यालय बामको भवन निमार्ण भएको र अबको केहि दिनमा हस्तान्तरण गरीने जनाइएको छ । धेरै वर्ष पुराना जीर्ण भवनमा पठपाठन गर्न बाध्य दुर्गमका सामुदायिक विद्यालय नयाँ भवन पाएपछि निकै उत्साहित भएका छन् । भूकम्प,बाढी पहिरोले जीर्ण हुदैँ गएका विद्यालयमा नयाँ भवन निर्माणले राहत पुर्याएको सरस्वति आवि बालैका प्रधानाध्यापक डिल बहादुर नेपालीले बताए ।