• २०८३ भाद्र २४ गते बुधवार

पाँचखालवासीलाई निःशुल्क रगत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १८, काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब निःशुल्क रगत पाइने भएका हुन् ।

“पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका कारण ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेका हौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । सम्झौता अनुसार रेडक्रसले निःशुल्क आवश्यक रगत उपलब्ध गराए बापत नगरले प्रतियुनिट रु एक हजार ५० का दरले रकम प्रदान गर्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस