असार ७, काठमाडौं । काठमाडौं महानगरपालिका २ वालुवाटार बस्ने ५८ वर्षीय उत्तम कार्कीलाई लागूऔषध आइसिई (Ice) ५ ग्राम, अमेरिकी डलर १ हजार १ सय, भारतीय रुपैयाँ ७५ हजार र नेपाली रुपैयाँ ७० हजार सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी कार्कीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।