• २०८३ कार्तिक ३० गते आइतवार

रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना, तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, मुगु । मुगुको रारा ताल घुम्न आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको टोयोटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकखण्डको जिमाकाँरा भिरबाट खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा पाँच जना सवार थिए । तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए ।

दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस