• २०८३ बैशाख ४ गते शुक्रवार

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १६, सिन्धुली । आफ्नै आमा ६५ वर्षीया फाल कुमारी सुनुवारको हत्या गरेको अभियोगमा दुधौली नगरपालिका-१४ भौडी बस्ने ४० वर्षीय तुला राज सुनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।

अंशबन्डाको विषयलाई लिएर तुला राजले फलामको खन्ती प्रहार गर्दा फाल कुमारीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस