चैत १७, काठमाडौं । शनिबार सम्पन्न दोस्रो खेलमा आयरल्यान्डले घरेलु टोली नेपाललाई ४० रनले पराजित गरेको छ । नेपाल ए लाई पराजित गर्दै आयरल्यान्ड उल्भ्सले एक खेल अगावै टी–२० शृंखला जितेको छ।

आयरल्यान्डले दिएको २२५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा सबै विकेट गुमाउँदै १८४ रन मात्रै बनाउन सक्यो। नेपालका देव खनाले सर्वाधिक ४७ रन बनाए। २५ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमद २७, कप्तान विनोद भण्डारी २६, लोकेश बल २५, आरिफ शेख १४ र कमलसिंह ऐरी ११ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
आयरल्यान्डका बेन ह्वाइटले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। फिओन ह्यान्ड र थोमस मेयरले २/२ विकेट लिए। म्याथ्यू फोस्टर र ग्यारेथको नाममा १/१ विकेट रह्यो।