• २०८३ बैशाख १५ गते मङ्गलवार

विश्वमा कोरोना संक्रमित संख्या ३ करोड २४ लाख नाघ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौँ । वितेको २४ घण्टामा विश्वमा ३ लाख १४ हजार ७८८ संक्रमित थपिएका छन् । त्यस्तै एकैदिन ५ हजार ८७२ जनाले ज्यान गुमाएसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ८७ हजार १५६ पुगेको छ ।

शुक्रबार विश्वमा २ करोड ३९ लाख १६ हजार ९४० जनाले कोरोना जितेका छन् । अहिले संक्रिय संक्रमितमध्ये ६३ हजार ३६६ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ७४ लाख ९७ हजार ५६० जनाको अवस्था सामान्य छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७१ लाख ८५ हजार ४४४ पुगेको छ । एकैदिन ९४२ सहित मृतकको संख्या २ लाख ७ हजार ५३८ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस