असोज १ , काठमाडौं । बंगलादेशले जारी एशिया कपमा अफगानिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछाएको अफगानिस्तानले २० ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो ।अफगानिस्तानका लागि रह्मनुल्लाह गुर्बाजले सर्बाधिक ३५ रन बनाए भने अज्मतुल्लाह ओमरजाईले ३० रन बनाएका थए ।
त्यसैगरि बंगलादेशका बलर मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने नासुम अहमद, तास्किन अहमद र रिशाद होसैनले २-२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । बंगलादेशका लागि तानजिद हसनले सर्बाधिक ५२ रन बनाए भने सैफ हसनले ३० र टोवविड हृदोयले २६ रन बनाएका थिए ।
यो बंगलादेशको तेस्रो खेलमा दोस्रो जित हो । ३ खेलमा ४ अंक रहेको बंगलादेश समुह बी मा दोस्रो स्थानमा छ । त्यस्तै अफगानिस्तानको २ खेलमा २ अंक रहेको छ । अब अफगानिस्तानलाई सुपर फोरमा पुग्न अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्नै पर्ने अवस्था बनेको छ ।
एशिया कप अन्तर्गत आज पाकिस्तान र युएईबीच खेल हुने तालिका रहेको छ ।