चैत १७, काठमाडौं । आयरल्यान्ड उल्भ्सले टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ लाई २२५ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२४ रन बनाएको हो।

आयरल्यान्ड कप्तान निलले अविजित रहँदै सर्वाधिक ७१ रन बनाएर ३४ बल खेलेका उनले १ चौका र ७ छक्का प्रहार गरे। पिटर मुरले २६ बलमा ३ चौका र ७ छक्कासहित ६५ रन बनाए। जेम्स जेम्स म्याकोलम २६, रोस अडायर १७ र ग्यारेथ डेनाली १० रनमा आउट हुँदा फिओन ह्यान्ड १९ रनमा अविजित रहे।
नेपालका सागर ढकालले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। कमलसिंह ऐरी र पवन सर्राफले १/१ विकेट लिए।