पुस १३, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको चिसापानीमा जालपादेवी केबलकारको शिलान्यास भएको छ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जालपादेवी केबलकारको शिलान्यास गर्नुभएको हो ।

चिसापानीमा बेस स्टेशन रहने केबलकारको शीर्ष बिन्दु भने मोहन्याल गाउँपालिकामा रहनेछ । शिलान्यस कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रदेश र पालिकाहरुबीच लगानीकर्ताहरुलाई सम्भावित आयोजनामा लगानीका लागि आह्वान गर्ने प्रतिष्पर्धा हुनसकेमात्रै आर्थिक विकास र समृद्धि हासिल हुने बताउनु भयो ।
चन्द्रागिरिकै मोडलमा सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्टसहितको विशाल पर्यटन पूर्वाधार निर्माणको उद्देश्य लिएर आफूहरु अघि बढिरहेको अध्यक्ष ढकालको भनाइ छ । यसले नेपाल आउने पर्यटकको बसाइ कम्तीमा सात दिन लम्बिने विश्वास लिएको बताउनु भयो ।