• २०८३ असार १७ गते बुधवार

चित्रलेखा यादव अस्ट्रेलियाको राजदूत नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं । चित्रलेखा यादव अस्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त भएकी छिन्। उनलाई रामचन्द्र पौडेलले आइतबार नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यादवलाई गत भदौ २५ मा सरकारले राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट असोज १६ मा उनको नाम अनुमोदन भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस