• २०८३ जेष्ठ २७ गते बुधवार

चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, पाल्पा। पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका-३ डाडागाउँका ५६ वर्षीय विमल प्रसाद पन्तको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए।

घरमै बसिरहेको बेला आइतबार बेलुकी साढे ६ बजेतिर पन्तलाई चट्याङ लागेको थियो। उनलाई उपचार गर्न लुम्बिनी मेडिकल कलेज प्रभाष लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस