जेठ १८, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै हुनुहुन्छ। उहाँ बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

भण्डारी यही जेठ १० गते राति एमाले प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको थियो। उक्त प्रतिनिधिमण्डलमा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, नेता कर्णबहादुर थापा लगायत सहभागी हुनुहुन्थ्यो।
चीन भ्रमणको क्रममा पूर्वराष्ट्रपति भण्डारीले उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ । शनिबार उहाँले गान्सु प्रान्तमा चीनका उपराष्ट्रपति हान चेङसँग भेट गर्नुभएको थियो । चिनियाँ कम्युनिष्ट पार्टी सीपीसी का वरिष्ठ नेता समेत रहेका चेङसँगको भेटलाई चिनियाँ पक्षबाट भ्रमणलाई दिइएको उच्च सम्मानको रूपमा विश्लेषण गरिएको छ।