• २०८३ जेष्ठ २१ गते बिहिवार

प्यूठानबाट गोरुमाथि निर्दयी व्यबहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, प्यूठान। प्यूठानबाट गोरुमाथि निर्दयी व्यबहार गरि भिडियो बनाउने व्यक्ति पक्राउ परेका छन् ।

प्युठानको गौमुखी- १ बस्ने ३६ बर्षिय जालिराम थापाले आफ्नै खेतबारीमा खेत जोत्नेक्रममा गोरु हिड्न नसकेपछि बसेको उक्त गोरुको नाक मुख माटो गाडी कुटी, गोरु माथि निर्दयी व्यबहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई पक्राउ गरिएको हो ।

प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २९० बमोजिमको कसुरमा मुद्धा दर्ता गरि पाँच दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस