चैत८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।आज ५९औं जातीय विभेद उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले भने, ‘इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतित गर्न बाध्य पारिएका दलित समुदायलाई सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,’ ‘उहाँहरूको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध छ ।’