• २०८३ जेष्ठ ६ गते बुधवार

थप दुई जना कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २०, काठमाडौँ। कैलालीमा र चितवनमा एक एक गरी थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ५ का ९२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिहीबार बिहान मृत्यु भएको हो ।

कडा खालको निमोनिया भएर कात्तिक १७ गते अस्पताल आएका उनको कोरोना अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको बिहान करिब साढे ५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । त्यस्तै चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको विहीबार बिहान मृत्युु भएको छ । मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस