• २०८३ भाद्र २१ गते आइतवार

एनभीएलमा खप्तड फाल्कन्समाथि कर्णाली शिवराज सोझो सेटमा विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । जारी नेपाल भलिबल लिग (एनभीएल) मा खेल कर्णाली शिवराजले खप्तड फाल्कन्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न दोस्रो खेलमा कर्णालीले खप्तडलाई तीन सेटको सोझो सेटमा पराजित गरेको हो ।

कर्णालीले खप्तडलाई २५-१९, २५-१९ र २५-१९ को सेटले पराजित गरेको छ । यसअघि आजै सम्पन्न पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्सले काठमाडौँ रेड्सलाई तीन सेटको सोझो सेटमा पराजित गरेको थियो ।

एनभीएलमा मधेश वारियर्स र अन्नपूर्ण स्पाइकर्सबीच दिउँसो ४ बजे तथा सगरमाथा स्मासर्ससँग र कर्णाली शिवराजबीच साँझ ७ बजे खेल हुने तालिका छ ।

Sharing

प्रतिक्रिया दिनुहोस