पुस ३, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटकाे पहिलाे क्वालिफायरमा सुदूरपश्चिम राेयल्ससँगकाे खेलमा जनकपुर बाेल्ट्सले टस जितेकाे छ । जनकपुरका कप्तान आसिफ शेखले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

याे खेल जित्ने टाेली सीधै फाइलनमा पुग्नेछ । पराजित हुने टाेलीले फाइनल पुग्नका लागि आजकाे इलिमिनेटर खेलकाे विजेता कर्णाली याक्ससँग दाेस्राे क्वालिफायरमा भाेलि खेल्नेछ । दाेस्राे क्वालिफायरकाे विजेता टाेलीले उपाधिका लागि पहिलाे क्वालिफायरकाे विजेतासँग खेल्नेछ ।
आज बिहान भएकाे खेलमा चितवन राइनाेजलाई हराउँदै कर्णाली याक्स दाेस्राे क्वालिफायरमा पुगेकाे हाे ।