• २०८३ जेष्ठ २६ गते मङ्गलवार

नेपाल र हङकङको १९ वर्षमुनिको टोलीबीच दोस्रो एकदिवसीय खेल आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस ३, काठमाडौं । १९ वर्षमुनिको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल र हङकङले आज दोस्रो खेल खेल्दैछन् । मूलपानी क्रिकेट मैदानमा खेल बिहान पौने ९ बजे शुरू हुने छ ।

यसअघिको पहिलो खेलमा नेपालले हङकङलाई ३ विकेटले हराएको थियो । आजको खेल जितेमा नेपालले शृङ्खला जित्नेछ । शृङ्खला जोगाइराख्न हङकङको टोलीलाई आजको खेल जित्नुपर्ने दबाब छ । नेपाल र हङकङबीचको तेस्रो एकदिवसीय खेल पर्सि शुक्रवार हुनेछ ।

१९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो । विश्वकप एशिया छनोट आउने वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस