• २०८१ जेष्ठ ६ गते आइतवार

आईपीएल : पञ्जाबलाई मुम्बईको १९३ रनको लक्ष्य

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ६, काठमाडौँ। मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई १९३ रनको लक्ष्य दिएको छ। महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९२ रन बनाएको हो।

मुम्बईका सूर्यकुमारले सर्वाधिक ७८ रन बनाए। ५३ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे। रोहित शर्मा ३६, टिम डेभिड १४ र कप्तान हार्दिक पाण्ड्या १० रनमा आउट हुँदा तिलक बर्मा ३४ रनमा अविजित रहे।

पञ्जाबका हर्षल पटेलले सर्वाधिक ३ विकेट लिए। सैम करनको २ तथा कागिसो रबाडाको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस