चैत ४, बिरगञ्ज । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।हिजो देखी बिरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक विरगंजको क्लासिक व्याङ्क्विटमा जारी रहेको छ ।

सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगे पछि पार्टीले खेल्ने भुमिकाका बिषयमा ब्रिफिङ गरेका छन ।जारी बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रबारे पनि छलफल गरिरहेको छ ।
बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरुको सहभागी रहेका छन्।