• २०८३ असार १ गते सोमवार

नेप्से १२ अंकले घट्यो, ४ अर्ब ४१ करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं ।  नेप्सेमा आज गिरावट आएको छ । आज सोमबार नेप्से १२.७६ अंकले घटेर २७११.७६ विन्दुमा पुगेर रोकिएको छ । आज ३५० कम्पनिका एक करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी ग्रीन विकास बैंकको शेयर ७.९४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ३८ करोड ८५ लाख बराबरको कारोबार भएको छ भने एनबीबीएल डिभेन्चरको २७ करोड बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस