• २०८३ असार १ गते सोमवार

एशियन कप फुटसलमा नेपाल समूह बी मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २२ , काठमाडाँै।  एएफसी फुटसल एशियन कप छनोटमा नेपाल समूह बी मा परेको छ । एएफसीले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल समूह बी मा परेको हो ।

सेन्ट्रल र साउथ जोनअन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् । त्यस्तै समूह ए मा इरान, कीर्गिस्तान, तुर्कमिनेस्तान र माल्दिभ्स रहेका छन् । उक्त प्रतियोगिताको छनोट खेल आगामी अप्रिल १ देखि १५ तारिखसम्म किर्गिस्तानमा हुनेछ । दुवै समूहबाट शीर्ष स्थान हासिल गर्ने दुई टोली एसियन फुटबल कपमा छनोट हुनेछन् । यसैगरी वेष्ट जोनमा सात टोलीलाई दुई समूहमा र इस्ट जोनमा छ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

एशियन जोनको ड्र भने सार्वजनिक गरिएको छैन । एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले यसअघि नै ३२ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइसकेको छ ।
–––

Sharing

प्रतिक्रिया दिनुहोस