असार १, धादिङ । २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-२ वंशगाउँ बस्ने ४३ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।