• २०८३ मङ्सिर ३ गते बुधवार

चितवन र गोरखमा देखियो कोरोना

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

निमोनियाका कारण उपचारका लागि अस्पताल आएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टी भएपछि उनलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पौडेलले बताए । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उनको भनाइ छ ।

गोरखमा पनि देखियो कोरोना
गोरखामा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शहिद लखन गाउँपालिका(७ बुंकोटका ४० वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको जिल्ला अस्पताल गोरखाले जनाएको छ।

भाइरस नयाँ भेरिएन्ट हो वा होइन भन्ने बारे भने पुष्टि नभएको अस्पतालकी सूचना अधिकारी लिपासा श्रेष्ठले बताइन्। ज्वँरो र रुघाखोकी लागेर सोमबार अस्पतालमा उपचार गराउन आएकोमा कोरोनासँग मिल्दो लक्षण देखिएपछि उनले बताइन्। उनलाई होम आइसोलेसनमा बस्न भनिएको अस्पतालले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस