• २०८३ जेष्ठ ४ गते सोमवार

२००७ सालको आन्दोलन विभत्स सम्झौताको आन्दोलन भएको केपी ओलीको निष्कर्ष

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २००७ सालको आन्दोलन विभत्स सम्झौताको आन्दोलन भएको बताए ।
आईतबार काठमाडौंमा आयोजित सिंहवालोकन नामक पुस्तकको लोकार्पण समारोहमा अध्यक्ष ओलीले ०७ सालको आन्दोलनमा देश भित्रको नभइ बाहिरको हतियार चलेको बताए । उनले ०७ सालको आन्दोलन र परिवर्तन बाह्य शक्तिको आडमा भएको दावी पनि गरे ।

उनले भने ‘ नेपालमा परिवर्तन बाह्य शक्तिलाई पनि चाहिएको थियो । त्यसैले २००७ सालमा जुन हतियार प्रयोग भयो त्यो हतियार नेपाल भन्दा बाहिरबाट आउने कारण त त्यही हो । नेपाल भित्रका हतियार त चलेका होईनन् ।हतियार बाहिरबाट आयो आन्दोलन भयो । त्यो आन्दोलन कहाँ टुङिगयो भन्दा नेपालीहरुले वार्ता गरेर नेपाली राजनीतिक शक्तिहरुले वार्ता गरेर त्यो सम्झौता टुङग्याउन पाएको हैन ।

अन्तै वार्ता गरेर अन्तै निष्कर्श निस्क्यो । राजा राजै रहने मोहन शमशेरलाई प्रधानमन्त्री बनाउने विशेश्वर प्रसाद कोईरालालाई गृहमन्त्री बनाउने नेपाली कांग्रेस पनि त्यही मन्त्री लिएर सामेल हुने राजाका यति राणााका यति मन्त्री बस्ने आदि । यो सबै राष्ट्रिय राजनीतिले तय गरेन,राष्ट्रिय आवश्यकता र आन्दोलनले तय गरेन नियतिले तय ग¥यो । नियति अन्तै थ्यो । र त्यो आन्दोलन २००७ सालको आन्दोलन विभत्स कम्प्रोमाइज भयो । ’

Sharing

प्रतिक्रिया दिनुहोस