• २०८३ जेष्ठ २४ गते आइतवार

नेप्से परिसूचक ५ अंकले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४,काठमाडौँ। सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ ।

आज दिनभर भएका ८१ हजार ३ सय कारोबारबाट २१९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ पुगेको छ । आज लघुवित्त वित्तीय संस्थाहरुको सेयरमा लगानीकर्ताहरुको चाप देखिएको छ । लघुवित्तको सेयरमा माग अत्यधिक देखिदा धेरै कमाउनेमा यो समूहका लगानीकर्ताहरु देखिएका छन् । समूहगत सवइन्डेक्स सबैभन्दा धेरै लघुवित्त समूहकै बढेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस