• २०८३ जेष्ठ ५ गते मङ्गलवार

देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, काठमाडौं । नेपाली कांग्रेसक सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आज अपराहन्न २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागिता हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

 

कांग्रेसको समर्थनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउने दाबि गरेको अवस्थामा नयाँ सरकारको गठन, कांग्रेसबाट सहभागी हुने मन्त्रीहरुको विषयमा बैठकमा छलफल हुने बताइएको छ । कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा जाने चर्चा चलिरहेको छ । अहिलेसम्म कांग्रेसबाट रमेश लेखक, आरजु राणा, प्रदीप पौडेल लगायत मन्त्री बन्ने चर्चा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस