• २०८३ भाद्र १८ गते बिहिवार

सर्वोच्चका न्यायाधीश र बार एशोसिएसनका पदाधिकारी बिच छलफल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २९, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ ।

राजीनामाको चर्को दवाब पर्दासमेत जबराले आफूलाई गैरकानूनी रुपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा धारणा बनाउन उनीहरू छलफलमा जुटेका हुन् ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र राणाबाहेकका असन्तुष्ट सबै न्यायाधीश छलफलमा जुटेका छन् । सर्वोच्च बारका सचिव घिमिरेका अनुसार प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साझा धारणा बनाउन छलफल थालिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस