• २०८३ बैशाख ८ गते मङ्गलवार

रवि लामिछानेबारे प्रधानमन्त्रीको अभिव्यक्ति- आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति तथा उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेबारे अभिव्यक्ति दिएका छन् ।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफूलाई विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको आरोपलाई खण्डन गर्ने क्रममा गृहमन्त्री लामिछाने इंगित अभिव्यक्ति दिएका हुन् ।

बैठकमा बोल्ने क्रममा सांसदहरूले ‘उथलपुथल भनेको सहकारी ठगीको आरोप लागेकालाई गृहमन्त्री बनाउने हो ?’ भनेर गरेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डल आफूतिर आए प्रधानमन्त्री बनाउन तयार हुने र नआए भ्रष्टाचारी भन्दै कारबाही गर्नुपर्ने यो कस्तो डबल स्ट्यान्ड भनेर प्रश्न गरे ।

‘तीनैलाई प्रधानमन्त्री बनाउन हिँडेको देखिरहेका छौँ । आफूतिर आए प्रधानमन्त्री बनाउन तयार, नआए भ्रष्टाचारी, कारबाही गर्नुपर्छ, यस्तो डबल स्ट्यान्ड,’ प्रधानमन्त्री प्रचण्डले भने ।

Sharing

प्रतिक्रिया दिनुहोस