• २०८३ जेष्ठ १ गते शुक्रवार

प्रधानमन्त्रीले विश्वासको मत लिँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३०, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै छन् ।

प्रधानमन्त्री दाहालले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेस सरकारबाट बाहिरिएकाले विश्वासको मत लिन लागिएको हो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रसहित एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीले विश्वासको मत हाल्न दलका सांसदहरुलाई ह्वीप जारी गरिसकेका छन् भने कांग्रेस, राप्रपा, लोसपा, जनमतले भने विपक्षमा उभिने जनाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस