असोज २१, काठमाण्डाै । शेयर बजार आज पनि बढेको छ । हिजो ५६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव १३ अङ्कले बढेर दुई हजार ६ सय ९० दशमलव ७२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स र उत्पादन बाहेक सबै समूहको शेयर बढेकोमा होटल, बीमा, माइक्रोफाइनान्स, विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज थ्री स्टार हाइड्रोपावर र दोल्ती पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
आज कारोबार रकम पनि बढेको छ । हिजो ६ अर्ब १३ करोडको कारोबार भएकोमा आज तीन सय पाँच वटा कम्पनीका एक करोड ५८ लाख कित्ता शेयर सात अर्ब नौ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै चन्द्रागिरि हिल्स कम्पनीको २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो