• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सुनको भाउ अहिलेसम्मकै महँगो, तोलाको १ लाख ६१ हजार ३ सय रुपैयाँ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १८, काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज सुन ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार नौ सय रुपैयाँ थियो । यसअघि यही असोज ११ गते सुनको भाउ अहिलेसम्मको उच्च तोलाको एक लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस