• २०८३ बैशाख २९ गते मङ्गलवार

महिला भलिबलमा काठमाडौँले गण्डकीलाई हरायो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, काठमाडौँ । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत काठमाडौँ स्पाइकर्सले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा काठमाडौँले गण्डकीलाई ३-१ को सेटमा पराजित गरेको हो ।

 

खेलको पहिलो सेट काठमाडौँले २५-२३ ले जितेको थियो भने दोस्रो सेट गण्डकीले २५-१९ ले जितेको थियो । त्यसपछि तेस्रो सेट काठमाडौँले २५-२१ र चौथो सेट २५-१६ ले जितेको थियो ।

योसँगै काठमाडौँले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । काठमाडौँको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै गण्डकीले भने लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस