• २०८३ बैशाख ११ गते शुक्रवार

बैंकिङ तरलतामा सुधार आएको छ : गभर्नर अधिकारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १४, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ तरलतामा देखिएको सुधारले ब्याजदरमा परेको दबाब कम भएको बताएका छन् । बिहीबार आयोजित राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सव समारोहमा उनले बिदेशी विनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको बताएका हुन् ।

उनले भने,‘बिदेशी बिनिमय दरमा पछिल्लो समयमा आएका सुधारका कारण बैंकिङ तरलतामा सुधार आएको छ ‘ब्याजदरमा परेको दबाब कम हुन थालेको छ । बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् ।’ उनले नेपाली अर्थतन्त्र बढी आयातमा र रेमिटेन्समा निर्भर रहेको टिप्पणी गरे । विश्व अर्थतन्त्रमा देखिएको प्रभावको सामना गर्दै आन्तरिक समाधान गर्नु चुनौतीपूर्ण पक्ष रहेको उनको भनाइ थियो ।

उनले भने, नेपाली अर्थतन्त्र बढी आयातमा र रेमिट्यान्समा निर्भर रहेकोले विश्व अर्थतन्त्रको दबाब र प्रभावको सामना गर्दै आन्तरिक समाधान खोज्नु चुनौतीपूर्ण रहेको छ ।’ बाह्य कारणले गर्दा भने मूल्यमा दबाब कायम रहेको उनले बताए । उनले अर्थतन्त्रको दीर्घकालीन सुधारका लागि समग्र उत्पादन र उत्पादकत्व बढाउँने तर्फ क्रियाशील हुन सम्पूर्ण सरोकारवालाहरुलाई अपील समेत गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस