• २०८३ जेष्ठ १९ गते मङ्गलवार

नेकपा स्थायी कमिटी बैठक स्थगित, पुस १ गते बस्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आइतबार बसेको स्थायी कमिटी बैठक स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको हो।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधन भएकाले शोक मनाएर बैठक स्थगित भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। अर्को बैठक पुस १ गते १ बजे बस्ने छ।

पूर्व राजदूत एवम् पूर्व सांसद लामाको गएको मंसिर २४ गते राति कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस