• २०८३ बैशाख ७ गते सोमवार

कतार विश्वकप : अस्थायी रंगशाला स्टेडियम ९७४ भत्काइदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २०, काठमाडौं । कतार विश्वकपका लागि तयार गरिएको अस्थायी रंगशाला स्टेडियममा ९७४ भत्काइने भएको छ । विश्वकपकै लागि मात्र निर्माण गरिएको स्टेडियम ९७४ पूर्ण रुपमा भत्काइने भएको हो ।

स्टेडियम ९७४ मा विश्वकपका ७ खेलहरु आयोजना भएको थियो ।

यस रंगशालामा ब्राजिल र दक्षिण कोरियाबीच अन्तिम खेल भएको छ । सोमबार राति भएको खेलमा ब्राजिलले कोरियालाई ४-१ ले हराएको थियो । स्टेडियम ९७४ करिब ४० हजार दर्शक क्षमताको रहेको थियो । यस रंगशाला ९७४ वटा शपिङ कन्टेनर प्रयोग गरेर निर्माण गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस