फागुन १५, काठमाडौं । काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडले जितेको छ। गए राति लण्डनको वेम्बली स्टेडियममा भएको खेलमा न्यु कासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि चुमेको हो।

युनाइटेडको जितमा खेलको ३३ औं मिनेटमा कासिमिरोले गोल गरे भने ३९ औं मिनेटमा सेभेन बोटम्यानले आत्मघाती गोल गरेका थिए। यसअघि युनाइटेडले २०१७ मा युरोपा लिग जितेको थियो।