• २०८३ बैशाख १४ गते सोमवार

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष ६, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नुपूर्व बैठकको कार्यसूची तय गर्नका लागि बैठक बोलाइएको हो । बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।

यसअघि मंसिर २८ गते बसेको प्रतिनिधिसभाको बैठक एमालेले अवरोध गरेको थियो । आफ्नो दलले गरेको १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै रुष्ट बनेको एमालेले संसद अवरुद्ध गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस