• २०८३ बैशाख ९ गते बुधवार

प्रधानमन्त्री प्रचण्डलाई ‘गार्ड अफ अनर’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, बेइजिङ ।  छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ग्रेट हल अफ दी पिपलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई चीनको राष्ट्रिय जनमुक्ति सेनाको विशेष टुकडीले आज ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

त्यसअघि, प्रधानमन्त्री प्रचण्डलाई उनका चिनियाँ समकक्षी लि छ्याङले ग्रेट हल अफ दी पिपलमा स्वागत गरेका थिए ।केही समयमै नेपाल–चीनबीच प्रधानमन्त्रीस्तरीय भेटवार्ता सुरु हुँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस