असार १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले राष्ट्रपति रामचन्द्र पौडेललाई सित्तैमा उपचार हुन्छ भनेर चुनेको आरोप लगाएका छन् ।आईतवार प्रतिनिधि सभाको बैठक पछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग सांसद सिंहले पहिले पनिविरामी राष्ट्रपति बनाएर उपचारमा करोडौ खर्च गरेको भन्दै अहिले पनि सित्तैमा उपचारको लागि विरामीलाई नै राष्ट्रपति चुनेको आरोप लगाए ।

उनले भने,‘विरामी राष्ट्रपतिहरु यो देशले पाईराखेको छ । उहाँहरुको स्वास्थ्य उपचारको लागि पहिलाबाट पनि करोडौं खर्च भईराखेको थियो अहिले पनि छन् रोगी नै छन् । रोगीलाई उपचार सित्तैमा हुन्छ भनेर राष्ट्रपति चुनेको हुन कि के हो ?’उनले उपराष्ट्रपति या राष्ट्रपतिले पाउने सुविधामा ठूलो खर्च राखेको भन्दै आपत्तिजनाए । राष्ट्रपतिबाट देशको लागिभन्दापनि पार्टीको लागि मात्र कामभएको उनको आरोप छ ।अहिले सम्मएउटा पनि राष्ट्रपतिले जनता प्रति जवाफ देहिता नभएको भन्दै गणतन्त्रमा राष्ट्रपतिसँग भएको सिस्टमले धेरै दिननटिक्ने टिप्पणी गरे ।