फागुन २, काठमाडौं । नेकपा(एमाले) को संसदीय दलको बैठक संसद भवन बानेश्वरमा सुरू भएको छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाएपछि एमालेले आकस्मिकरूपमा संसदीय दलको बैठक बोलाएको हो ।

महाअभियोगको कसरी समाना गर्ने भन्नेबारे एमालेले दलको बैठकबाट निर्णय लिने छ । यसअघि आइतबार साँझ बालकोटमा बसेको एमाले सचिवालयको बैठकले महाअभियोगको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।