• २०८३ बैशाख ३ गते बिहिवार

प्रचण्डले शान्ति प्रक्रियालाईसत्ता कब्जाको माध्यम बनाएको एमाले नेता ज्ञवालीको आरोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतालाई सत्ता कब्जाको माध्यम बनाएको आरोप लगाएका छन् ।आइतवार केशव वडालद्धारा लिखित पुस्तक सिंहावलोकनको लोकार्पण कार्यक्रममा उनले शान्ति प्रकृयालाई प्रचण्डले निरन्तर सत्ता कब्जाको भाडो बनाएको बताए ।

शान्ति प्रकृयालाई माध्यम बनाएर सत्तामा पुगेपछि माओवादीले समाजमा आतंक फैलाउने कार्य गरेको आरोप लगाउँदै उनले त्यसविरुद्ध एमालेले अग्रपंत्तिमा रहेर सामना गरेको उल्लेख गरे ।उनले भने, ‘युद्धको घाउहरुलाई मेटाएर सबैलाई एक ठाउँमा ल्याएर सत्तामा पुगेका प्रचण्डको पहिलो निर्णय नै सेनापति बर्खास्त गर्ने कुरा गर्नुले समाजमा एकखालको आतंकको राज्य निर्माण गरेर सत्ता कब्जा गर्ने जुन प्रयास थियो ।त्यतिमात्र नभएर पहिचानका नाममा अनेकौं कुराहरु आए। ५१ प्रतिशत जनसंख्या बस्ने तराईमा एक मधेश एक प्रदेश,५९ प्रतिशत जनसंख्या बस्ने स्थानमा जातजातीका नाममा १४ ओटा राज्य बनाउनुपर्ने कुरा कल्पना गनुभयो । कल्पना गरौं के हालत हुदोहो नेपालको । त्यसका विरुद्ध अग्रपंत्तिमा उभिएर लड्ने काम हामीले ग¥यौ ।’

आफ्नो सरकारको पालामा विभिन्न राम्रो काम गरेकै कारण चौतर्फी घेराबन्दीमा एमालेलाई पारेको टिप्पणी गरेका ज्ञवालीले कम्युनिष्ट आन्दोलनमा माधव कुमार नेपालले द्धैध चरित्र देखाएको बताए ।‘माधव कुमार नेपालले कम्युनिष्ट सरकार ढाल्नलाई केपी ओलीले शेरवहादुर देउवालाई उचालेको भन्दै हुनुहुन्थ्यो हिजो अस्तितिर। कुन हदसम्म कम्युनिष्ट आन्दोलनमा द्धैध चरित्र पाखण्ड हुन्छ भन्ने कुराको जीवन्त उदाहरण हो जस्तो लाग्छ ।’

सिंहावलोकन पुस्तकको समिक्षकको रुपमा देखिएका ज्ञवालीले हिजोका ७५ वर्षे कम्युनिष्ट आन्दोलन, उतारचढाव र परिवेशलाई विभिन्न चरणमा बुझ्न पुस्तक सान्दर्भिक हुने तर्क गरेका छन् ।पुस्तक पठनीय रहेको स्पस्ट पारेका उनले पुस्तक बढी विवरणात्मक र विश्लेषणत्मक रहेको भएपनि कतिपय सन्र्दभमा विषयहरु स्पट नभएको तथा विधागत रुपमा हेर्दा विषयहरु अन्तरघुलित जस्तो देखिएको टिप्पणी गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस