• २०८३ बैशाख ५ गते शनिवार

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं ।  महालेखा परीक्षकको ६० औ वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ । प्रधानमन्त्रीको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आज आइतवारको राष्ट्रिय सभा बैठकमा महालेखा परीक्षकलगायत विभिन्न आयोगका प्रतिवेदन पेश गरेका हुन् ।

उनले भने ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन २०७८—७९ को महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ राष्ट्रिय महिला आयोगको १५ औं वार्षिक प्रतिवेदन २०७८—७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८—७९ सम्माननीय सदनमा पेश गर्दछु । ’

Sharing

प्रतिक्रिया दिनुहोस