• २०८३ बैशाख ५ गते शनिवार

बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष १०, काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले बाग्मती प्रदेशको मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरेका छन् । नेकपाको प्रचण्ड–माधव समूहका ४५ सांसदले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् ।

प्रचण्ड–माधव समूहका सांसदहरुले मुख्यमन्त्री डोरमणी पौडेलको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेका हुन् । अविश्वासको प्रस्तावमा ४५ जना सांसदले हस्ताक्षर गरेका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण प्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले राजिनामा दिएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस