• २०८३ मङ्सिर ५ गते शुक्रवार

नेकपा एसका काठमाडौ जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ५, काठमाडौं । नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्यसहित ७ जना एमाले प्रबेश गरेका छन । मंगलबार एमाले काठमाडौ जिल्ला कमिटिको कार्यालयमा पोलीटब्यूरो सदस्य तथा काठमाडौं इन्चार्ज आनन्द पोखरेल र जिल्ला अध्यक्ष दिपक निरौलाले समाजवादीका ७ जना नेता कार्यकर्ताहरुलाई एमालेमा स्वागत गरेका हुन ।

एमाले प्रवेश गर्नेहरुमा नेकपा एसका जिल्ला सचिवालय सदस्य एवं अनेमसंघका केन्द्रिय सदस्य राधा कुमारी दाहाल, कामनपा वडा नं ३० का सहसचिव राजनदेव जोशी, अनेमसंघका लक्ष्मी रेग्मी, निर्मला पाठक, मेनुका महत, उषाकिरण बस्नेत र रन्जना शर्मा रहेका छन ।

No description available.

उहाँहरुले आगामी चुनाव दूरगामी राजनीतिक परिघटना रहेको बताउँदै त्यसका लागि एमालेमा समाहित भएको बताएका छन्। उनीहरुले चुनावी गठजोड व्यक्तिगत स्वार्थका लागि हुन गइरहेको बताउँदै एमालेमा फर्किएको उल्लेख गरेका छन्। नेकपा एमालेको उदेश्य नै जनताको समृद्धि भएकाले एमालेमा प्रबेश गरिएको बताएका छन ।

Sharing

प्रतिक्रिया दिनुहोस