• २०८३ बैशाख ७ गते सोमवार

राष्ट्रिय युवा संघको महाधिवेशन चैतमा हुने (सर्कुलरसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ६, काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा गर्ने निर्णय गरिएको छ । युवा संघको पदाधिकारी बैठकले आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेको नेपालगञ्जमा गर्ने निर्णय गरेको संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए।

यसअघि युवा संघको आठौँ राष्ट्रिय महाविधेशन विसं २०६९ मा बुटवलमा भएको थियो । त्यसयता सहमतिको आधारमा पार्टीले युवा संघको केन्द्रीय कमिटी बनाउँदै आएको थियो । बुटवलमा भएको महाधिवेशनमा महेश बस्नेत अध्यक्षमा निर्वाचित भएका थिए । त्यसपछि सहमतिको आधारमा निरु पाल, राजिव पहारी, रमेश पौडेल र बचनबहादुर सिंह युवा संघको अध्यक्ष भए ।

महाधिवेशनका लागि आगामी फागुन महिनाभित्र जिल्ला, पालिका र वडास्तरको अधिवेशन गर्ने निर्णय गरेको संघका अध्यक्ष पौडेलले बताए । महाधिवेशनका लागि अध्यक्ष पौडेलको संयोजकत्वमा महाविधेशन मूल व्यवस्थापन समिति गठन गरिएको छ । बैठकले पार्टी र संघको हित विपरीत काम गर्ने पाँच जनालाई निष्काशन गरेको छ । महाधिवेशनको तयारीका लागि संघको केन्द्रीय बैठक आगामी माघ १९ र २० गते गर्ने निर्णय गरिएको छ ।

यसअघि अनेरास्ववियु र अखिल नेपाल महिला संघले राष्ट्रिय अधिवेशनको मिति तोकिसकेको छ । एमालेको जनसङ्गठनको गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको भेलाले जनसङ्गठनको राष्ट्रिय अधिवेशन-सम्मेलन चैत मसान्तभित्र गर्ने निर्णय गरेको थियो । एमालेको आठ जनवर्गीय सङ्गठनको राष्ट्रिय अधिवेशन गर्न बाँकी रहेको छ ।

May be an image of text

May be an image of text

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस