• २०८३ साउन २९ गते शुक्रवार

शनिबार काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २९, काठमाडौँ । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले शनिबार काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा साउन ३० गते शनिबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका स्थानबाट ग्यास उद्योगीहरूले ग्यास सिलिन्डर बिक्री गर्नेछन् ।

निगमका अनुसार निगमको टेकु परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ग्यास, यातायात कार्यालय परिसर, चाबहिलमा नेपाल र एचपी ग्यास, राधास्वामी, कपन/बालुवा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ग्यास, राधास्वामी, वसुन्धरा परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ग्यास, पुरानो जिल्ला प्रशासन कार्यालय, बबरमहल , नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ग्यास वितरण गरिने भएको छ ।

निगमले तोकिएको स्थानमा पुगेर सम्बन्धित ब्रान्डका ग्यास सिलिन्डर खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस